रवि लामिछानेको प्रश्न–मालिकसम्म पुग्न नदिई सुन बोकेको भरिया किन बाटोमै समातियो ? (भिडिओ) – Nepal Press

रवि लामिछानेको प्रश्न–मालिकसम्म पुग्न नदिई सुन बोकेको भरिया किन बाटोमै समातियो ? (भिडिओ)

काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई किन सिनामंगलको बाटोमै समाइयो ? भनी प्रश्न उठाएका छन् ।

रास्वपा भक्तपुरको भेलालाई शनिवार सम्बोधन गर्दै सभापति लामिछानेले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न उठाएको बताए ।

सभापति लामिछानेले भने–सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ,भारी बोकेको ट्याक्सी मालिकसम्म लान्थ्यो होला,गन्तव्यमा पुग्थ्यो होला । सूचना दिने मान्छेले पनि बाटोमा ट्याक्सी आउँछ मात्र भनेन होला, बिच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ?

लमिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेकाले आफूहरुले खबरदारी गरेको बताए ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेको प्रश्न–मालिकसम्म पुग्न नदिई सुन बोकेको भरिया किन बाटोमै समातियो ? (भिडिओ)

  1. मालिकसँग त मन्त्री र ठगबन्धनका नेताले पैसा खाएका छन् । भेटाएर कारवही गर्न लागेमा त तस्करले पोल खोलिदिन्छ । त्यहि भएर सुन लुकाइसकेपछि गोदाममा छापा मार्ने, तस्करले देश छोडिसकेपछि घरमा जाने नाटक यो नौटंकी तस्करहरूका संरक्षकले बनेको देशद्रोही सरकारले गरिरहेको छ ।भन्सारको एक्सरे मेशिन १ वर्षदेखि विगारेका छन् रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर