ग्लोबल टी २० मा सन्दीपको जादु: तेस्रोपटक जिते मोमेन्ट अफ द म्याचको पुरस्कार – Nepal Press

ग्लोबल टी २० मा सन्दीपको जादु: तेस्रोपटक जिते मोमेन्ट अफ द म्याचको पुरस्कार

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी २० नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्टता देखाइरहेका छन् । सर्रेका हरेक खेलमा उनको महत्वपूर्ण योगदान छ ।

आज राति भएको खेलमा सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै टिमलाई जित दिलाए । प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एकपटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् । उनले एकै ओेभरमा दुई विकेट लिएर खेललाई सर्रेको पक्षमा ढल्काएका थिए ।

सन्दीपले यसअघि पनि दुई खेलमा मोमेन्ट अफ द म्याचको पुरस्कार पाइसकेका छन् । यो ५०० डलरको पुरस्कार हो । सर्रेको अर्को एउटा म्याच भने वर्षाका कारण रद्द भएको थियो ।

क्यानाडाको पिचमा सन्दीपका स्पिन झेल्न ओेभरसिज ब्याट्सम्यानहरूलाई हम्मे हम्मे परिरहेको छ । सन्दीपले सकिब अल हसन, कोलिन मुनरो, जेम्स निसामजस्ता दिग्गज ब्याट्सम्यानहरूको विकेट लिएर आफ्नो क्षमताको पुन: पुष्टि गरिसकेका छन् ।

सन्दीपले अहिलेसम्म चार खेलमा ७ विकेट लिएका छन्, जसमध्ये वर्षाले प्रभावित एक खेलमा उनले दुई ओभर मात्र बलिङ गर्न पाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनी ग्लोबल टी २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर