ग्लोबल टी २०: सन्दीपको उत्कृष्ट बलिङमा सर्रे जगुअर्सलाई दोस्रो जित – Nepal Press

ग्लोबल टी २०: सन्दीपको उत्कृष्ट बलिङमा सर्रे जगुअर्सलाई दोस्रो जित

काठमाडौं । क्यानाडामा जारी टी २० लिगमा नेपालका सन्दीप लामिछाने आवद्ध सर्रे जगुअर्सले दोस्रो जित हात पारेको छ । सर्रेलाई ५५ रनको फराकिलो जित दिलाउन सन्दीपले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए ।

मिस्सिसाउगा प्यान्थरविरूद्धको खेलमा जगुअर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियोे । जतिन्दर सिंहको अर्धसतकको मद्दतमा सर्रेले निर्धारित २० ओेभरमा ६ विकेट गुमाएर १६४ रन बनायो । प्यान्थरका लागि जहुर खानले तीन विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याउने क्रममा प्यान्थर १७ ओभरमा १०९ रनमै अलआउट भयो । कसिलो बलिङ गरेका सन्दीपले ३ ओभरमा १८ रन खर्चेर तीन महत्वपूर्ण विकेट लिए। उनले एकै ओेभरमा क्यारन डेलपोर्ट र जेम्स नसिमको विकेट लिएपछि खेल निर्णायकरूपले जगुअर्सको पक्षमा मोडिएको थियो ।
जगुअर्सका लागि सपेन्सर जोन्सनले पनि ३ विकेट लिए । जगुअर्सका ओपनर जतिन्दर सिंह प्लेयर अफ द म्याच बने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर