अर्घाखाँचीमा एमालेको सदस्यता नवीकरण ७७ प्रतिशत – Nepal Press

अर्घाखाँचीमा एमालेको सदस्यता नवीकरण ७७ प्रतिशत

रूपन्देही । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये नेकपा अर्घाखाँचीले सबैभन्दा पहिले सदस्यता नवीकरणको रिपोर्ट प्रदेश कमिटीलाई बुझाएको छ ।

अर्घाखाँचीमा ७७ प्रतिशतले पार्टी सदस्यता नवीकरण गरेका छन् । नवीकरण गर्ने प्रतिशत घटेपनि नेकपा एमाले अर्घाखाँचीले पार्टी सदस्य संख्या बिगतमा भन्दा बढेको जनाएको छ ।

पार्टी केन्द्रको निर्देशन अनुसार साउन १० गतेसम्म नयाँ सदस्यता बितरण र सदस्यता नवीकरण गर्ने समयसिमा तोकेकोमा सो अवधिमा नवीकरण गर्ने पार्टी सदस्य संख्या बिगतको भन्दा बढेको बताएको छ ।

हामीले नविकरणका लागि तोकिएको समयमा नवीकरण गरेर प्रदेशलाई सबै विवरण हस्तान्तरण गरेका छौ। नेकपा कालमा भएको अभिलेख हेर्दा ७७.२५ प्रतिशतले नवीकरण भएको छ, एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसालले भने ।

उनका अनुसार नेकपाकालमा अर्घाखाँचीमा पार्टी सदस्य संख्या ९ हजार ५ सय ८३ थियोभने अहिले नवीकरण गर्नेको संख्या ७ हजार ७ सय ४ छ । नेकपाकालअघि अर्घाखाँचीमा ७ हजार हाराहारी सदस्य रहेको भुसालले बताए। नेकपा बन्नुभन्दा अघि हामी संग ७ हजार हाराहारी सदस्य संख्या थियो अहिले ७ हजार ७ सय ४ जनाले नवीकरण भएको छ’, भुसालले भने ।

नवीकरण गरेको त्याग संख्यामध्ये नयाँ सदस्यता लिने ९ सय, र अन्य पार्टी छोडी प्रवेश गरेकाहरु ८ सय जना रहेको भुसालले बताए।त्यो बाहेक नयाँ सदस्य बन्नका लागि आवेदन दिनेको संख्या ८५० हाराहारी रहेको उनले बताए ।

भुसालले अहिलेसम्म एमाले छोडेर नेकपा एसमा जानेको संख्या ५१ जना र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको संख्या २ जना रहेको बताए। केही विदेश भएका कारणले नवीकरण नभएको र ३० जनाले जिल्लाबाट अन्यत्र सरुवा लगेको उनको भनाइ छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर