लुम्बिनी विकास कोषको उपाध्यक्षकी आकांक्षी आनीले किन भेटिन् संस्कृतिमन्त्री किराँतीलाई ? – Nepal Press

लुम्बिनी विकास कोषको उपाध्यक्षकी आकांक्षी आनीले किन भेटिन् संस्कृतिमन्त्री किराँतीलाई ?

रूपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आकांक्षा राखेकी आनी छोइङ डोल्माले शुक्रबार पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटेकी छन् ।

मन्त्री किराँतीले आनीसँग शुक्रबार भेट भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कोषमा साउन १० गतेदेखि उपाध्यक्ष पद रिक्त छ । नयाँ उपाध्यक्ष बन्न आनीसहित ५ जनाले आकांक्षा राखेको चर्चा छ ।

राष्ट्रिय गौरवको आयोजना रहेको लुम्बिनी विकास कोषको अध्यक्ष विभागीय मन्त्री हुने व्यवस्था छ । तर, कार्यकारी पद भने उपाध्यक्ष हो । त्यसैले कार्यकारी उपाध्यक्ष बन्न आनीसँगै भर्खर पदावधि सकिएका भिक्षु मैत्तेय, पूर्वराज्यमन्त्री ल्हारक्याल लामा, भिक्षु धम्ब, भिक्षु निग्रोध दौडधुपमा छन् ।

आकांक्षी आनीसँग मन्त्री किराँतीको भेटलाई अर्थपूर्ण लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *