परराष्ट्रमन्त्री साउदको चुनाव खर्च कति ? – Nepal Press

परराष्ट्रमन्त्री साउदको चुनाव खर्च कति ?

काठमाडौं । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सांसद एनपी साउदले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

उनले गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् । साउद कञ्चनपुर २ बाट निर्वाचित भएका थिए ।

उनले भनेका छन्, ‘मैले निर्वाचन आयोगमा २०७९/८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ । बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ।’

यसअघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर