दुई करोडसम्मको घर कर्जामा ७० प्रतिशतसम्म ऋण पाइने – Nepal Press

दुई करोडसम्मको घर कर्जामा ७० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिले बैंकबाट दुई करोडसम्मको कर्जामा ७० प्रतिशतसम्म ऋण पाउने भएका छन् । यसअघि एक करोड ५० लाखसम्मको ऋणमा यस्तो व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै दुई करोडसम्मको आवासीय घरकर्जामा लोन टु भ्यालु रेसियो ७० प्रतिशतसम्म कायम गर्न सकिने जनाएको छ ।

दुई करोडसम्मका व्यक्तिगत आवासीय घर कर्जा भन्नाले बैंक÷वित्तीय संस्थाले ग्राहकको आयस्रोत हेरी सो स्रोतले पर्याप्त धान्ने किस्ता कायम गरी उक्त ग्राहकले आफैं प्रयोग गर्ने वा भाडामा लगाउने गरी घर निर्माण, घर÷अपार्टमेन्ट खरिदको लागि प्रवाह गरेको आवासीय घर कर्जाको बक्यौता रकमलाई सम्झनुपर्छ ।

यस्तै २५ लाखभन्दा माथिको व्यक्तिगत हायर पर्चेज र अटो लोनमा १५० प्रतिशत जोखिम भार कायम गरिएको छ । जग्गा एकीकरण र विकासका लागि १५० प्रतिशत जोखिम भार कायम गरिएको छ । यता शेयर धितो कर्जामा ५० लाखसम्म १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरेसँगै यो व्यवस्था कार्यान्वयनमा जाने बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर