सिटिजन्स बैंकले कमायो साँवा २ अर्ब नाफा, खराब कर्जा ३.१९ प्रतिशत पुग्यो – Nepal Press

सिटिजन्स बैंकले कमायो साँवा २ अर्ब नाफा, खराब कर्जा ३.१९ प्रतिशत पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष (२०७९/८०) मा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा १०.४१ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।अघिल्लो वर्षको तुलनामा सिटिजन्सको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.२२ प्रतिशतबाट बढेर असार मसान्तसम्ममा ३.१९ प्रतिशत पुगेको छ।

तर बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले बढेर १५ रुपैयाँ ५९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५० रुपैयाँ ८ पैसा छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यस बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत र सञ्चालन नाफा १३.४२ प्रतिशतले सुधार भएको छ । जसका कारण खुद नाफा पनि सामान्य बढेको हो । सिटिजन्सको वितरणयोग्य नाफा भने ९८ करोड ६० लाख ७३ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर