कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन एमाले तयार छ : हिक्मत कार्की (भिडिओ) – Nepal Press

कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन एमाले तयार छ : हिक्मत कार्की (भिडिओ)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्दै छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रष्ट पारे ।

कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर