दलित भएको थाहा पाएर भाडावाललाई जबर्जस्ती निकाल्ने घरबेटी धरौटीमा छुटे – Nepal Press

दलित भएको थाहा पाएर भाडावाललाई जबर्जस्ती निकाल्ने घरबेटी धरौटीमा छुटे

रूपन्देही । जातीय विभेद मुद्दामा पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए ।

अछाम पञ्चदेवल विनायक नगरपालिका-७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबर्जस्ती घरबाट निस्कन लगाएको उजुरी परेको थियो । उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पीडितले बताएका छन् ।

त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा प्रहरीले असार १६ गते उनलाई नियन्त्रणमा लिएको थियो । यस घटनालाई लिएर प्रदेश र संघीय सदनमा समेत कुरा उठेको थियो । पीडितको न्यायका लागि दाङसहित विभिन्न जिल्लामा दबाबमुलक आन्दोलन पनि भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर