प्रधानमन्त्री प्रचण्ड इटालीबाट आज फर्किँदै – Nepal Press

प्रधानमन्त्री प्रचण्ड इटालीबाट आज फर्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदैछन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन एक साताअघि गएका उनी स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी १० बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेने छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटाली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका थिए ।

साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबी भेटवार्तासमेत भएको थियो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषि तथा पशुपन्धी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायतको सहभागिता रहेको थियो । साथै, विमानस्थलमा प्रधानमन्त्रीले पत्रकार सम्मेलनसमेत गर्ने तयारी छ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्ड इटालीबाट आज फर्किँदै

  1. तीर्थाटन सकिएछ । भ्रमणको उपलव्धी देशलाई हात लाग्यो शुन्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर