सितेरियो कराँते संघ चाँगुनारायणको अध्यक्षमा विजय यन्द्यो – Nepal Press

सितेरियो कराँते संघ चाँगुनारायणको अध्यक्षमा विजय यन्द्यो

भक्तपुर । सितेरियो कराँतेका प्रशिक्षक विजय यन्द्योको अध्यक्षतामा चाँगुनारायण नगरपालिकास्तरीय सितेरियो कराँते संघ गठन गरिएको छ । भक्तपुरका चारवटै नपामा नगरस्तरीय संघ विस्तार गर्ने क्रममा चाँगुनारायण नपामा संघ गठन गरिएको हो ।

नवगठित संघको उपाध्यक्षद्वयमा गणेश सुकमनी र सुशील आगन्जा, सचिवमा कृष्णराम यन्द्यो र कोषाध्यक्षमा विकास दुवाल रहेका छन् । त्यस्तै सदस्यहरुमा कविता राजचल, स्वीटी गेलाल, हिमाल श्रेष्ठ, कृष्णराम तज, बुद्धिराम हौमिखा र तारा भुजेल रहेको नवगठित संघका अध्यक्ष यन्द्योले जानकारी दिए ।

नगरस्तरीय संघ गठनको क्रममा चाँगुनारायण नपा वडा नं ३ का अध्यक्ष श्यामसुन्दर धिमालले प्रत्येक वडामा एकएक जना प्रशिक्षक नियुक्त गरेर खेलकुदको विकास तथा विस्तार गर्ने नपाको नीति रहेको बताए ।

भक्तपुर जिल्ला कराँते महासंघका कोषाध्यक्ष रामशरण त्वाती, चाँगुनारायण नगर खेलकुद समितिका संयोजक रघु केसी, भक्तपुर जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि दीपेन्द्र व्याञ्जूलगायतले विद्यालय तहबाटै खेल र खेलाडीको विकास गर्नुपर्ने धारणा राखे ।

यसअघि भक्तपुर र सूर्यविनायक नगरपालिका नगरस्तरीय संघ गठन गरिएको भक्तपुर जिल्ला कराँते महासंघका कोषाध्यक्ष त्वातीले बताए । भक्तपुर नगर संघको अध्यक्षमा राजुसिंह बजिको र सूर्यविनायक नगर संघको अध्यक्षमा कृष्णराम जाकिबञ्जार रहेका छन् ।

मध्यपुर थिमि नगरपालिकामा पनि सितेरियो कराँतेको नगरस्तरीय संघ गठन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर