अवैध सुनसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ – Nepal Press

अवैध सुनसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध रुपमा भन्सार छली लैजान लागेको ५८ ग्राम सुनसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *