उपप्राध्यापक चलाउनेको मुद्दाको फैसलाका लागि जिल्ला अदालतमा साउन २४ गते पेशी – Nepal Press

उपप्राध्यापक चलाउनेको मुद्दाको फैसलाका लागि जिल्ला अदालतमा साउन २४ गते पेशी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई निर्घात कुटपिट भएको घटनामा काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसला पेशी साउनको अन्तिम साता रहेको छ।

काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले साउन २४ गतेलाई पेशी तोकिएको बताए । अघिल्लो पेशी हेर्न नभ्याइने भएर सरेको थियो। नेपाल विद्यार्थी संघका कार्यकर्ताले चलाउनेलाई निर्घात कुटपिट गरेका थिए।

हालै मात्र सर्वोच्च अदालतले प्रतिवादीले तारेख गुजारेको र अन्तरिम क्षतिपूर्तिसमेत नतिरेको भन्दै उनीहरूलाई पक्राउ गर्नेतर्फ निर्णय गर्न र सबै अंग पुगेकाले मुद्दाको टुंगो चाँडो लगाउन जिल्ला अदालतलाई आदेश गरेको थियो। यो मुद्दामा प्रहरीले ६ जनालाई प्रतिवादी बनाएको थियो ।

सरकारले दुई महिनाअघि उनीहरूमाथिको मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले रोकेको थियो। सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएको थियो। त्यसपछि मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढ्न पाएको थिएन।

अन्तरिम आदेश दिएकै सर्वोच्चले फेरी अंक पुगेकाले मुद्दाको चाँडो टुंगो लगाउन आदेश दिएको छ। त्यस्तै अदालतलाई असहयोग गरेको भन्दै धरौटीमा छुटेका उनीहरूलाई पक्राउ गर्नेतर्फ पनि निर्णय लिने सर्वोच्चले भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *