यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको थियो। युरो एकको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३ पैसा रहेको थियो।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८८  रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ।

यसैगरी, जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा रहेको छ।

दक्षिण कोरियन १०० को खरिदमा १० रुपैयाँ २७ पैसा र बिक्रीदर  १० रुपैयाँ ३१ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९० रुपैयाँ रहेको छ।

यसैगरी, कुवेत दिनार १ को खरिद मूल्य ४२६.५५ पैसा  बिक्रीदर ४२८.५१ पैसा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर