कार्यालय समयमै भत्कियो उच्च अदालत तुलसीपुर बुटवल इजलासको मेलमिलाप कार्यकक्ष – Nepal Press

कार्यालय समयमै भत्कियो उच्च अदालत तुलसीपुर बुटवल इजलासको मेलमिलाप कार्यकक्ष

रुपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासको मेलमिलाप कार्यकक्ष बुधवार कार्यालय समयमा भत्किएको छ ।

पुरानो भवनको तेस्रो तलामा रहेका मेलमिलाप कार्यकक्षमा सेवाग्राहीलाई राखेर छलफल गराइने गरिन्थ्यो ।

दिउँसो ३ बजेतिर सो भवनको कोठामा रहेको छतको ढलानमा जोडिएको सिमेन्ट खसेपछि केही फर्निचरका सामग्रीमा क्षति पुगेको छ ।

मेलमिलाप शाखा प्रमुख लालप्रसाद अर्यालका अनुसार सो समयमा कर्मचारी र सेवाग्राही कोही पनि थिएनन् ।

‘सो कोठामा रहेको ढलानको पकला खसेको हो, पुरानो भवन हो, हामी कोही थिएनौँ, अब त्यसलाई मर्मत गरेर हुँदैन, अर्को विकल्प खोज्नुपर्छ, काम गर्नका लागि त अरू कोठाबाट नि सकिन्छ सेवा रोकिन्न’, उनले भने ।

तर मेलमिलाप सहजकर्ताहरूले भने सो भवन केही समयअघि मर्मत गरिएको भए पनि यसरी भत्किनुको कारण खोज्नुपर्ने र सेवाग्राहीलाई जोखिममा राख्ने विषयमा अदालत प्रशासनले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर