सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध लेख्ने कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको निर्णय (भिडिओ) – Nepal Press

सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध लेख्ने कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको निर्णय (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक संजालमा पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने कार्यकर्ता पदमुक्त हुनेगरी कारबाहीमा पर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्य समिति बैठकको अन्तिममा सभापति शेरबहादुर देउवाले सामाजिक संजालमा पार्टी र नेतृत्वविरुद्ध बोल्ने लेख्नेलाई कारबाही गर्ने प्रस्ताव निर्णयमा माइन्युट गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई दिर्नेशन दिएका हुन् ।

यसअघि बैठकमा प्रवक्ता डा.प्रकाश शरण महत र केन्द्रीय सदस्य राजीव ढुंगानाले सामाजिक संजालमा नेता र नेतृत्वविरुद्ध जथाभावी लेख्ने, आरोप लगाउने तथा कांग्रेसका नाममा अनधिकृत अकाउन्ट चलाएर निश्चित नेतालाई आरोपित गर्नेमाथि अनुशासनको कारवाहीको निर्णय हुनुपर्ने बताएका थिए ।

महामन्त्री शर्माको प्रस्तावमा सो विषय नसमेटिएपछि बैठक समापनका बेला महतले पुनः देउवाको ध्यानाकर्षण गराएपछि सो निर्णय हुने व्यहोरा सभापतिले सुनाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर