कांग्रेस महासमिति बैठक मंसिर ११-१३ मा आयोजना गर्ने निर्णय, नीति महाधिवेशनको काम गर्ने (भिडिओ) – Nepal Press

कांग्रेस महासमिति बैठक मंसिर ११-१३ मा आयोजना गर्ने निर्णय, नीति महाधिवेशनको काम गर्ने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस महासमितिको बैठक मंसिरमा बस्ने भएको छ ।

केन्द्रीय समितिको बैठकले मंसिर ११, १२ र १३ केन्द्रीय महासमितिको बैठक बस्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

काठमाडौंमा बस्ने उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने उनले बताए ।

यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको पनि महामन्त्री शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर