हिमालयन डिस्टिलरीलाई ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड’ – Nepal Press

हिमालयन डिस्टिलरीलाई ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड’

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन- सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरज सुवेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले कम्पनीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिरहेको र अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बताए ।

कम्पनीको पुरस्कृत उक्त वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर