ठाकुर गैरेको दाबी- सत्तापक्षले सदनमा जलहरीको चर्चा चलाएर एयरपोर्टबाट सुन तस्करी गरेको पुष्टि भयो (भिडिओ) – Nepal Press

ठाकुर गैरेको दाबी- सत्तापक्षले सदनमा जलहरीको चर्चा चलाएर एयरपोर्टबाट सुन तस्करी गरेको पुष्टि भयो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पशुपतिको जलहरीमा पित्तलको चर्चा चलाएर सरकारले एयरपोर्टबाट सुन तस्करी गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै एमाले सांसद गैरेले सत्तापक्षका सांसदले पित्तलको भनेर दाबी गरेको जलहरी सुन प्रमाणित भइसकेको तर यहि मौकामा एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी भएको बताए ।

गैरेले भने- सत्तापक्षका सांसदले जलहरी पित्तलको भनेर दाबी गरे । तर सुनकै हो भन्ने पुष्टि पनि भइसकेको छ । यता सदनमा जलहरीको चर्चा चलाएर सत्तापक्षले एयरपोर्टबाट सुन तस्करी गरिरहेको रहेछ भन्ने पुष्टि भइरहेको छ । ३२ पटकसम्म सुन तस्करी गरेर ३३ औं पटकमा समातिएको छ, यो सरकारले सेटिङमा गरेको तस्करी हो ।

गैरेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्न नसक्ने भन्दै सभामुखसँग रुलिङको माग गरे । गैरे लगत्तै सभामुखले सुन्य समय अघि बढाउँन खोज्दा विपक्षले अवरोध गरेका छन् ।

 

 


प्रतिक्रिया

One thought on “ठाकुर गैरेको दाबी- सत्तापक्षले सदनमा जलहरीको चर्चा चलाएर एयरपोर्टबाट सुन तस्करी गरेको पुष्टि भयो (भिडिओ)

  1. सही कुरा । जलहरीमा त दोष लगाउनेहरू मोदीका दलाल रहेछन भन्ने प्रमाणित नै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर