सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजीपछि संसद स्थगित – Nepal Press

सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजीपछि संसद स्थगित

काठमाडौं । सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थथित भएको छ। एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरे।

एमालेले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गरेको छ।

एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोपसमेत लगाए । गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको गिरीको भनाइ थियो ।

‘उहाँ अब कुन नैतिकताको धरातलका आधारमा त्यो पदमा बस्न सुहाउँछ रु’ उनले प्रश्न गरे । यस्तै, कांग्रेसका सुनील शर्मालाई पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर