विकृत मानसिकताका राम एकवाल दासलाई सरकारी सेवाबाट बर्खास्त गर्न संसदमा माग (भिडिओ) – Nepal Press

विकृत मानसिकताका राम एकवाल दासलाई सरकारी सेवाबाट बर्खास्त गर्न संसदमा माग (भिडिओ)

दासको हाँस्यास्पद प्रष्टीकरण : टाइपिङमा गल्ती भएको हो, सच्याएर पढ्नुहोला

काठमाडौं । लोकसेवाको तयारी पुस्तकमा महिलामाथि घृणित शब्द प्रयोग गर्ने सरकारी कर्मचारी रामएकवाल दासलाई कारबाही गर्नुपर्ने माग संसदमा उठेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ईश्वरी घर्तीमगरले उनलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिन् ।

‘नेपाल सरकारको बहालबाला कर्मचारी भएर लोकसेवाको तयारी कक्षामा महिलामाथि यस्तो अपमान मात्र होइन, महाअपमान हुने शब्द राख्नु हुन्छ कि हुँदैन ? यो शब्दले आम नेपाली आमा दिदीबहिनीमा गम्भीर आघात पुर्याएको छ । उनलाई तुरुन्त निलम्बन गरेर कारबाही अगाडि बढाउन माग गर्दछु’, उनले भनिन् ।

जनकपुर निवासी दासद्वारा लिखित पुस्तकको एउटा प्रश्न केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । सो प्रश्न सद्दे दिमाग भएको व्यक्तिले लेखेको जस्तो महसुस हुँदैन ।

‘नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वनरक्षक’ विषयक पुस्तकमा उनले लेखेको प्रश्न र बैकल्पिक उत्तर यस्तो छ:

केटीलाई किन भालु भनिएको होला ?

क) पोथी भालुजस्तै व्यवहार भएर
ख) पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर
ग) पोथी भालु बहुमति गामी हुन्छ
घ) माथिका सबै

महिलाप्रति यति निच र घृणित धारणा राख्ने दास वन तथा वातावरण मन्त्रालयमा सहायक संरक्षण अधिकृतका रुपमा अहिले पनि कार्यरत छन् । दासको आफ्नो फेसबुक बायोमा उल्लेख भएअनुसार उनी राष्ट्रिय आरक्षको सहायक वार्डेन हुन् । गम्भीर मानसिक विकार देखिने तथ्य बाहिर आउँदा पनि माथिल्लो निकायले उनीमाथि कुनै एक्सन लिएको छैन र उनको किताब पनि प्रतिवन्धित भएको छैन ।

आफ्नो किताब विवादमा आएपछि दासले सामाजिक सञ्जालमा आफ्नो ‘फिलिङ स्याड’ को इमोजी राख्दै प्रष्टीकरण दिएका छन् । उनले किताबमा ‘टाइपिङ मिस्टेक भएको’ हाँस्यास्पद दाबी गरेका छन् । पाठकले सो प्रश्नोत्तर सच्याएर पढ्न उनको सुझाव छ ।

दासको प्रष्टीकरण यस्तो छ, ‘मेरो बुक गेमस्काउट सी. गे. वन र वन्यजन्तु फोकस भएकोमा जंगली भालुको प्रवृत्ति बारेमा बताउन खाजेकोमा अन्यथा टाइप भएको बुझिएकाले सो सच्याएर पढिदिनुहोला । अबदेखि सच्याएर आउँछ । साथै, कसैलाई अन्यथा परेकोमा म साह्रै दुःखी छु, त्यसका लागि माफी चाहन्छु । मेरो मनसाय केटी वा दिदी बैनीहरुलाई अपमानित गर्ने पटक्कै होइन । यसमा अथवा अन्य कुनै अरु गलत टाइपको लागि पुनः माफी माग्र्दै सचेत पाठकहरुले मेरो अन्यथा मिस्टेकलाई बेलैमा प्रष्ट पार्ने मौका दिनुभएकोमा सहृदय धन्यवजाद दिन चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *