विपक्षी दलहरूलाई माओवादीको जवाफ- सरकारले भ्रष्टाचारको छानबिन अघि बढाउँदा टाउको नदुखाऔं (भिडिओ) – Nepal Press

विपक्षी दलहरूलाई माओवादीको जवाफ- सरकारले भ्रष्टाचारको छानबिन अघि बढाउँदा टाउको नदुखाऔं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकाहरूलाई सरकारले कारबाही गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारको जिम्मेवारी सम्हाल्नुभएको गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो पारिँदैछ । भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ । माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु । कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्, बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस् । माछो ठूलो सानोको प्रसंग होइन ।’

उनले दोषीलाई कारबाही गर्दा माननीयज्यूहरु त खुसी हुनुपर्ने होइन र ? भन्दै प्रश्न गरे । सुन प्रकरणलाई लिएर सत्ता कांग्रेसकै सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको साथै एमालेले अवरोध गरेपछि पौडेलले जवाफ फर्काएका हुन् ।

आजको सदनमा एमाले, रास्वपा, राप्रपा र स्वयं सत्तारुढ कांग्रेसकै सांसदले सुन तस्करी प्रकरणमा सरकारको जवाफ मागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर