नेप्सेमा सामान्य गिरावट – Nepal Press

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको चौथो दिन नेप्से सामान्य अंकले घटेको छ । साताको पहिलो दिन उच्च अंकले बढेको नेप्से बजार दोस्रो र तेस्रो दिन घटेको थियो । आज चौथो दिन पनि घट्ने क्रम जारी छ ।

बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दूमा कायम भएको छ । बजारमा आज ७३ लाख ९९ हजार ४७४ कित्ता शेयरको खरिद बिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँको कारोबार भएको छ ।

किसान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र बाराहि हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड र सिटिजन फण्डले सर्वाधिक गुमाएका छन् ।

आज बजार पूँजीकरण भने ३१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर