झुन्डिएको अवस्थामा भेटिएका वरिष्ठ सईलाई होटलका आमा-छोराले हत्या गरेको प्रारम्भिक निष्कर्ष – Nepal Press

झुन्डिएको अवस्थामा भेटिएका वरिष्ठ सईलाई होटलका आमा-छोराले हत्या गरेको प्रारम्भिक निष्कर्ष

काठमाडौं । बागलुङमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

इलाका प्रहरी कार्यालय भीमगिठ्ठेका इन्चार्ज पौडेल नजिकै बजारमा रहेको आशा होटल एन्ड लजमा सोमबार राति झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार पौडेललाई कुटपिटपछि बेहोस भएका कारण होटल सञ्चालकले पर्दाले घाँटीमा कसेर झुन्ड्याएका थिए ।

प्रहरीले ५१ वर्षीय आशा कुँवर र २० वर्षीय विनोद कुँवरलाई पक्राउ गरेको छ । उनीहरू आमाछोरा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर