सुन तस्करीमा सरकारकै संरक्षण रहेको एमालेको ठहर, निष्पक्ष छानबिनका लागि सदनमा जवाफ माग्ने (भिडिओ) – Nepal Press

सुन तस्करीमा सरकारकै संरक्षण रहेको एमालेको ठहर, निष्पक्ष छानबिनका लागि सदनमा जवाफ माग्ने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्वीन्टल सुन बरामद प्रकरणलाई लिएर सरकारसँग जवाफ माग्ने भएको छ । सँगै निष्पक्ष छानबिनको माग पनि गर्ने निर्णय गरेको छ ।  संसदीय दलको बैठकले गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको हो ।

गठबन्धन सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउन प्रमुख सचेतक गिरीले जानकारी दिए ।

गिरीले भने, ‘गृहमन्त्रीको संलग्नताबेगर सम्भव छैन त्यसैले यसबारे छानबिन हुनुपर्छ । यो सरकारले गर्ने छानबिनमाथि हामीलाई विश्वास छैन । संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्छ ।’

बैठकपछि एमाले सांसद रघुजी पन्तले पटकपटक सुन आएको खबर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराइमा पुगेर छानविनको गर्न माग गरेको जानकारी दिनुभयो । उनले भरियालाई मात्रै नभई सुन ल्याउने मुख्य व्यक्तिलाई पक्राउ गरेर सुन ल्याउने काममा सघाउनेलाई कारबाही गर्नुपर्ने बताए ।

सुन प्रकरणको लामो समय हुँदा पनि सरकारले केही काम नगर्न नसकेको बैठकको ठहर रहेको उनले बताए । बैठकले सुन प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने निष्कर्ष पनि निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर