माओवादी पदाधिकारी बैठकमा उठ्यो विधान सम्मेलनको माग, विधिअनुसार पार्टी नचलेको गुनासो – Nepal Press

माओवादी पदाधिकारी बैठकमा उठ्यो विधान सम्मेलनको माग, विधिअनुसार पार्टी नचलेको गुनासो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा विधान अधिवेशन गर्न प्रस्ताव भएको छ ।

कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई विधानसम्वत् चलाउन तत्काल अधिवेशनमा जान नेताहरूले सुझाव दिएका हुन् । बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डाबारे पदाधिकारीहरुले आ-आफ्नो धारणा राखेको सचिव गणेश शाहले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘बैठकमा सबैले सुझाव दिइराख्नुभएको छ । अब बेलुका उपाध्यक्ष र महासचिवले बोल्नुहुन्छ । बैठकलाई व्यवस्थित र प्रभावकारी कसरी बनाउने भन्नेबारेमै छलफलकेन्द्रित छ ।’

उनले आफूले पार्टीलाई प्रविधिमैत्री बनाउनु सुझाव दिएको बताए । बैठकमा अधिकांश नेताहरूले पार्टी विधान र विधिसम्मत नचलेको गुनासो गरेको उनले सुनाए ।

उनले भने, पार्टी अहिलेसम्म विधानअनुसार चलेको छैन । अब विधानलाई परिमार्जन गर्ने पार्टीलाई विधान र पद्धतिअनुसार चलाउने भन्ने कुरा पहिल्यैदेखि उठिरहेको छ । विधान सम्मेलन गर्ने कि भन्ने पनि प्रस्ताव आएको छ । तर, निर्णय भइसकेको छैन ।’

महाधिवेशनकै समयमा विशेष महाधिवेशन गर्ने भनिएको पनि अहिले नतोकेकाले केन्द्रीय समितिले मिति तोक्ने उनले बताए । यस्तै, विचार मिल्ने दलहरुसँग पार्टी एकता गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।

उनले थपे, ‘सामान्य छलफल भइरहेको छ । अब महराजीले त्यसबारेमा बैठकलाई केही स्पष्ट पार्नुहोला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर