संसद भवन घेर्न पुगेका लघुवित्तपीडितको प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू) – Nepal Press

संसद भवन घेर्न पुगेका लघुवित्तपीडितको प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आज पनि आन्दोलन जारी राखेको छ ।

विभिन्न ठाउँबाट आएका पीडितहरू माइतीघरमा सेल्टर बनाएर दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । त्यही क्रममा संसद भवन घेराउ गर्न आउँदै गर्दा एभरेष्ट होटलअगाडि प्रहरीले उनीहरूलाई अवरोध गरेको छ । प्रतिकारमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको ब्यारिगेट तोड्न खोजिरहेका छन् । प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी परेको छ ।

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर