सर्लाहीमा गुप्तचरका इन्सपेक्टर मृत भेटिए – Nepal Press

सर्लाहीमा गुप्तचरका इन्सपेक्टर मृत भेटिए

जनकपुरधाम । राष्ट्रिय अनुसन्धान विभाग मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ ।

स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पर्छ । घटनास्थलमा भेटिएको मोटरसाइकल उनकै भएको बुझिएको छ ।

मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले दुर्घटनामा परेर उनको मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे यर्थाथ बुझ्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर