ग्लोबल टी-२० : मोन्ट्रियल टाईगर्सको तेस्राे जित, दीपेन्द्रले बनाए नटआउट २२ रन – Nepal Press

ग्लोबल टी-२० : मोन्ट्रियल टाईगर्सको तेस्राे जित, दीपेन्द्रले बनाए नटआउट २२ रन

काठमाडौं । नेपाली अलराण्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सले ग्लोबल टी-२०मा लगातार तेस्रो जित निकालेको छ ।

आज बिहान सवा १ बजे भएको खेलमा टाइगर्सले भैंकूवर नाइट्सलाई ६ विकेटले पराजित गरेको हो ।

खेलमा ऐरीले नटआउट २२ रन बनाए । २२ बल खेलेका उनले २ चौका प्रहार गरे ।

ऐरीले खेलमा बलिङपनि गरेका थिए । ३ ओभर बलिङ गरेका उनले १६ रन खर्चिएर १ विकेट लिए ।

टाईगर्सले पहिलो खेलमा सरे जगुआर्स र दोस्रो खेलमा मिसिसागा प्यानथर्सलाई पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर