ब्याटले स्टम्प हानेकी भारतीय महिला क्रिकेट कप्तान दुई म्याचका लागि प्रतिबन्धित – Nepal Press

ब्याटले स्टम्प हानेकी भारतीय महिला क्रिकेट कप्तान दुई म्याचका लागि प्रतिबन्धित

काठमाडौं । भारतीय महिला क्रिकेट टीमकी कप्तान हर्मनप्रित कौर आइसीसीको कारबाहीमा परेकी छन् । उनले अबका दुईवटा अन्तर्राष्ट्रिय म्याचहरु खेल्न पाउने छैनन् ।

अनुशासन उल्लंघनको आरोपमा उनलाई आइसीसीले कारबाही गरेको हो । कौरलाई चार डिमेरिट प्वाइन्ट तथा ७५ प्रतिशत म्याच फि जरीवाना तोकिएको छ । बंगलादेशविरुद्धको तेस्रो तथा फाइनल एकदिवसीय म्याचमा कौरले अनुशासन उल्लंघन गरेकी थिइन् । उनी आइसीसी आचार संहिताको लेभल २ उल्लंघन गर्ने पहिलो महिला क्रिकेटरसमेत बनेकी छन् ।

गत शनिबार भएको सो म्याचमा अम्पायर तनविर अहमदले उनलाई क्याचआउट दिएका थिए । आउट भएको झोकमा कौरले आफ्नो ब्याटले स्टम्पमा हानेकी थिइन् भने पेभिलियन फर्किने क्रममा अम्पायरलाई समेत गलत इशारा गरेकी थिइन् । यति मात्र होइन, म्याचपछिको समारोहमा उनले अम्पायरको निर्णयलाई ‘गयगुज्रेको’ संज्ञा समेत दिइन् ।

टेलिभिजन रिप्लेमा भने अम्पायरको निर्णय सही देखिएको थियो । खासमा कौरले आफूलाई एलबीडब्लु आउट दिइएको ठानेर प्रतिरोध गरेकी थिइन्, जबकी उनलाई क्याचआउट दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर