कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको बहस हेर्दाहेदैमा भोलि ११ बजे पूर्ण इजालसमा बहस हुने – Nepal Press

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको बहस हेर्दाहेदैमा भोलि ११ बजे पूर्ण इजालसमा बहस हुने

विराटनगर । कोशी प्रदेश सरकारको मुख्य मन्त्री नियुक्ती बदरको माग राख्दै परेको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा भएको सुनुवाई हेर्दा हेर्दैमा सकिएको छ ।

आज भएको रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरु टीकाराम भट्टराई, भीमार्जुन आचार्य, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका छन् । त्यस्तै, प्रतिवादी मध्ये प्रदेश सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणी पोखरेल, सहन्यायाधीवक्ता लगायतले बहस गरेका छन् ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिएको रिट निवेदनमा सभामुख बावुराम गौतम, प्रदेश प्रमुख परशु राम खापु्ग र मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाइएको छ ।

प्रतिवादीका तर्फबाट निजी वकिलहरुले उक्त मुद्दामाथि बहस गर्न बाँकी छ । उक्त मुद्दामाथिको सुनुवाई भोलि बिहान ११ बजेपछि हुने जनाइएको छ ।

मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दा सुनुवाई भएको हो ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलाशमा पठाउन आदेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर