एक महिना बेपत्ता भएका चिनियाँ विदेशमन्त्री बर्खास्त – Nepal Press

एक महिना बेपत्ता भएका चिनियाँ विदेशमन्त्री बर्खास्त

काठमाडौं । गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका विदेशमन्त्री छिङ काङलाई चीनले बर्खास्त गरेको छ ।

उनको ठाँउमा पुनः वाङ यीलाई ल्याइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै कतारी विश्व च्यानल अलजजिराले जानकारी दिएको छ ।

अलजजिराका अनुसार ५७ वर्षका काङको स्वाथ्यको कारण भन्दै वाङ यी ल्याइएको बताइएको छ । गत जुन २५ मा रुसी उपविदेशमन्त्री एन्द्री रुदेन्कोसँग भेटेपछि छिङ काङ सार्वजनिक भएका थिएनन् ।

कतिपय अमेरिकी मिडियाहरुले अमेरिकी समाचार वाचिकासँग प्रेम भएको समेत हल्ला गरेका थिए । तर, चीनले भनेजस्तो स्वाथ्यको कारण हो वा अमेरिकी हल्ला चलेजस्तो प्रेम सम्बन्धले हो, कुन कारण चै उनी अनुपस्थित भएका हुन् भन्नेमा अहिलेसम्म कुनै स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताबाट अमेरिकी राजदूत हुँदै विदेशमन्त्री भएका उनी सात महिना अगाडि मात्रै विदेशमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर