रुसी रक्षामन्त्री यो हप्ता उत्तर कोरिया जाँदै – Nepal Press

रुसी रक्षामन्त्री यो हप्ता उत्तर कोरिया जाँदै

काठमाडौं । रुसका रक्षामन्त्री सेर्गि सोइगु उत्तर कोरिया जाने भएका छन् । यो हप्ता कुनै सरप्राइज मितिमा उनी उत्तर कोरिया पुग्ने रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार कोरिया युद्ध अन्त्यको सभामा सहभागी हुन उनी उत्तर कोरिया पुग्ने भएका हुन् । मंगलबार रुसी रक्षा मन्त्रालयले रुसी रक्षामन्त्रीको उत्तर कोरिया भ्रमणको सार्वजनिक जानकारी दिएको हो । मन्त्रालयले उत्तर कोरिया र रुसको दुई देशिय सम्बन्ध प्रगाड बढाउन भ्रमण हुने बताएको छ ।

सन १९५० देखी तीन वर्ष उत्तर कोरिया र दक्षिण कोरियाको युद्ध भएको थियो । तत्कालिन सोभियत संघ र चीनको समर्थन भएको उत्तर कोरिया र अमेरिकी नेतृत्वको पश्चिमा विश्वको साथ भएको दक्षिण कोरिया युद्ध सन १९५३ जुलाई २७ मा मात्रै अन्त्य भएको थियो ।

कुनै सन्धि नभइकन युद्ध विरामबाट मात्रै युुद्ध अन्त्य भएकोले धेरैले दुई कोरिया अहिले पनि प्राविधिक रुपमा युद्धमै भएको तर्क गर्ने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर