रुपन्देहीको दानव नदीले बगाउँदा महिला बेपत्ता – Nepal Press

रुपन्देहीको दानव नदीले बगाउँदा महिला बेपत्ता

रुपन्देही । रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

सम्मरीमाइ गाउँपालिका- ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जाँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती यादवलाई बगाएको हो ।

बेपत्ता यादवको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले खोजी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *