कानूनमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग कुरा गरिसकेको छु, सरकारले सबै नेताको सम्पत्ति छानबिन गर्छ (भिडिओ) – Nepal Press

कानूनमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग कुरा गरिसकेको छु, सरकारले सबै नेताको सम्पत्ति छानबिन गर्छ (भिडिओ)

काठमाडौं । कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले सरकारले सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको फाइल खोल्दै जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन । तर, एकपछि अर्काे गरी फाइल खोल्दै ठोक्दै जाने हो । भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको छ ।’

उनले आफू हिजोकै ठाउँमा भएको उल्लेख गर्दै मन्त्री छाड्न परे तयार भएको तर विचार, सिद्धान्त नछाड्ने बताए ।

उनले भने, ‘हामीले सुशासन स्थापना गराउँने हो भने उच्च तहका नेताहरुको सम्पत्ति छानविन गरेर अघि बढ्नुपर्छ । त्यसलाई स्थापित गरेर अघि बढ्नुपर्छ । त्यसो गर्न नसके हामी पनि उही ड्याङको भइहाल्छौं । घनराज गुरुङ र शेखर कोइराला फरक कांग्रेस हो भने पनि पहिला हाम्रो सम्पत्ति छानविन गरेर देखाउ सरकार भनेर भन्न सक्नुपर्छ। छानविन समिति गठन गर्नुपर्छ । म आफैं सरकारमा छु नीति तथा कार्यक्रममा लेखिसकेपछि हामीले भन्नै पर्छ अब सरकारले ढिलोचाँडो उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि आयोग गठन गरेरै छाडिन्छ ।’

 


प्रतिक्रिया

One thought on “कानूनमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग कुरा गरिसकेको छु, सरकारले सबै नेताको सम्पत्ति छानबिन गर्छ (भिडिओ)

  1. शिक्षक कुटने गुण्डाको मुद्दा फिर्ता लिने त गुण्डाप्रिय नेता भएन ? त्यस्ताले सम्पत्ति छानबिन गर्ने ? वाहियात कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर