वीरमा भीआईपी र भीभीआईपी उपचार कक्ष थप, स्वास्थ्यमन्त्रीले गरे निरीक्षण (भिडिओ) – Nepal Press

वीरमा भीआईपी र भीभीआईपी उपचार कक्ष थप, स्वास्थ्यमन्त्रीले गरे निरीक्षण (भिडिओ)

काठमाडौं । वीर अस्पतालले विशिष्ट व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भीआईपी र भीभीआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शय्या थपिएको हो । वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण गरे ।

मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका सुविधा र संख्या थपिएको बताए । अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई उनले निर्देशन दिए ।

वीरमा साउन १ बाट बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरू भइसकेको छ ।

वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टीम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ट व्यक्ति उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालयसहित किचेनसमेतको सुविधा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *