एमबाप्पेलाई अल हिलालले गर्‍याे २५९ मिलियन पाउन्ड अफर, पीएसजीले दियो कुरा गर्ने अनुमति – Nepal Press

एमबाप्पेलाई अल हिलालले गर्‍याे २५९ मिलियन पाउन्ड अफर, पीएसजीले दियो कुरा गर्ने अनुमति

पेरिस । साउदी अरबको अल हिलालले २५९ मिलियन पाउन्ड अफर गरेपछि फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)ले कुरा अगाडि बढाउन केलियन एमबाप्पेलाई अनुमति दिएको छ ।

पीएसजी यसै सिजन एमबाप्पेलाई बिक्री गरेर मोटो रकम आर्जन गर्ने प्रयासमा छ । एमबाप्पे र पीएसजबीचको सम्झौता आगामी वर्ष सकिँदैछ ।

तर, पीएसजी एक वर्षअघि नै एमबाप्पेलाई क्लबबाट बिदा गर्ने प्रयासमा देखिएको छ । उसले क्लबको प्रिसिजन टुरमा एमबाप्पेलाई टोलीमा समावेश नगरेर दबाब बढाइरहेको छ ।

एमबाप्पे सहमत भएको अवस्थामा यो बिक्री विश्व कीर्तिमानी हुनेछ । यसअघि सन् २०१७ मा पीएसजीले नेमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी २०० मिलियन पाउन्डमा खरिद गरेको थियो ।

त्यसै वर्ष पीएसजीले मोनाकोबाट एमबाप्पेलाई १६६ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

पीएसजी छाड्ने तयारी गरिरहेका एमबाप्पेलाई चेल्सी, बार्सिलोना, म्यानचेस्टर युनाइटेड, टोट्टनहाम, इन्टर मिलान जस्ता क्लबहरु पनि भित्र्याउन इच्छुक देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर