बैठकमा महामन्त्रीले राखेको एजेन्डा संस्थागत हो : दिलेन्द्र बडू – Nepal Press

बैठकमा महामन्त्रीले राखेको एजेन्डा संस्थागत हो : दिलेन्द्र बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रूपमा आएको बताएका छन् ।

शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एजेन्डामा सबैले आफ्ना विचार राख्न नपाएको गुनसो गरे ।

उनले भने, ‘सबै एजेन्डामा सबैको विचार आउँथ्यो । समय सीमित भयो, लाइभ गर्ने कुरा नयाँ भयो, लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन, कुनै केन्द्रीय सदस्यले एजेन्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो । केन्द्रीय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत यो सबैको एजेन्डा र कार्यक्रम हो । संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकताबद्ध ढंगले जुट्नुपर्छ ।’

महामन्त्रीले प्रस्तुत गरेका कार्यतालिका र एजेण्डा पार्टीको संस्थागत भएकाले कार्यान्वयनमा जानुको विकल्प नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर