बाटो नभएको जग्गालाई पनि धितो राखेर ऋण दिनुपर्ने – Nepal Press

बाटो नभएको जग्गालाई पनि धितो राखेर ऋण दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोटर बाटो नभएको जग्गालाई पनि धितो राखेर कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।

कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, मत्स्यपालन, तथा पशुपक्षी पालन जस्ता कार्यका लागि मोटर नपुग्ने जग्गालाई पनि धितो राखेर ऋण प्रवाह गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा माग भएको सात दिनभित्र निवेदन स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको छ ।

यदि सो समयमा माग गरिएको कर्जाको निवेदन स्वीकृत हुन नसकेमा कारण खुलाइ ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्नेछ ।

यस्तो खालको निर्देशन कुनै बैंक तथा वित्तीय संस्थाले पालना नगरेमा केन्द्रीय बैंकमा गुनासो दर्ता गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर