कोशी सरकार बदर मागको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै – Nepal Press

कोशी सरकार बदर मागको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकार बदर गर्न माग गर्दै परेको रिटउपर सुनुवाइ गर्न पूर्ण इजलास गठन गरिएको छ । जसमा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ रहेका छन् ।

रिटलाई प्राथमिकता दिएर एकै नम्बरमा राखिएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको हो ।

गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ति गरेपछि असन्तुष्ट पक्ष सर्वोच्च पुगेका थिए ।

कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्कलै फाइल झिकाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर