माडी नगरपालिकाले थाल्यो चितवन राष्ट्रिय निकुञ्ज भित्रको कच्ची सडक मर्मत – Nepal Press

माडी नगरपालिकाले थाल्यो चितवन राष्ट्रिय निकुञ्ज भित्रको कच्ची सडक मर्मत

चितवन । भरतपुर र माडी जोड्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक मर्मतको लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि माडी नगरपालिकाले मर्मत थालेको छ ।

स्थानीय बासिन्दाले सडकको खाल्डाखुल्डीका कारण माडीका आवतजावतमा कठिनाइ भोग्नुपरेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट मर्मत थालेको हो ।

माडी नगरपालिकाका नगरप्रमुख ताराकाजी महतोका अनुसार सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको हो ।

हुलाकी सडक खण्ड अन्तर्गत पर्ने यस सडकमा कसरा देखि रिउ खोलासम्म ९ किलोमिटर दुरी रहेको छ । मेयर महतोले नौ किलोमिटर भित्रका सडकको सडकको खाल्डाखुल्डी पुर्ने र सम्म्याउने काम गरिने बताइन् ।

चितवनको माडी नगरपालिकाका सबै वडा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । यहाँका बासिन्दा भरतपुर आउजाउ गर्ने यही एक मात्र सडक हो ।

‘सङ्घीय र प्रदेश सरकारबाट बजेट नपरेपछि बर्खामा बिग्रिएको सडकको मर्मत नगरको आन्तरिक स्रोतबाटै सुरु गरेका हौँ, नगरप्रमुख महतोले भनिन् ।

एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको उनले जानकारी दिइन् । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र भएकोले ९ किलोमिटर सडक कालोपत्रे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *