शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीबाट निलम्बन गर्न गगन थापाको लिखित माग (पूर्णपाठ) – Nepal Press

शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीबाट निलम्बन गर्न गगन थापाको लिखित माग (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार र सुशासनसँग सम्बन्धित विषयमा आफ्नो निजी विचारलाई लिखित रुपमा पार्टीको केन्द्रीय समिति बैठकमा दर्ज गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता–कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गर्नुपर्ने उनको माग छ ।

आफ्नो १३बुँदे मतमा थापाले जुनसुकै तहको नेता, कार्यकर्ता वा सदस्य अनुसन्धानको दायरामा आएपछि अनुसन्धान प्रक्रियालाई सहयोग गर्न मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।

‘गम्भीर आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो, पार्टीको विषय बन्नु हुँदैन । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुनसक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नुहुँदैन’, उनको भनाइ छ ।

यदि उक्त व्यक्तिले पार्टीबाट आफूलाई अलग नराखे वा राजीनामा नदिएमा मुद्दाको न्यायिक निरुपण नहुँदासम्म सार्वजनिक पद वा पार्टीको संलग्नता वा जिम्मेवारीबाट अलग राख्नुपर्नेमा थापाले जोड दिएका छन् । यदि विगतमा पार्टीले अनुसरण गरेको परम्परा गलत छ भने त्यसलाई सच्याउनुपर्ने उनको धारणा छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ । यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो’, थापाले भनेका छन् ।

हेर्नुस् महामन्त्री थापाको लिखित मतको पूर्णपाठः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर