मानव अधिकार सम्बन्धी संस्था इन्हुरेडले भन्यो- बञ्चरेडाँडाको नयाँ ल्याण्डफिल साइटमा प्रोटोकल पालना भएन – Nepal Press

मानव अधिकार सम्बन्धी संस्था इन्हुरेडले भन्यो- बञ्चरेडाँडाको नयाँ ल्याण्डफिल साइटमा प्रोटोकल पालना भएन

‘स्थानीयको मौलिक हक हनन भएको छ’

काठमाडौं । मानव अधिकार मानव अधिकार, वातावरण तथा विकास अन्तर्राष्ट्रिय संस्था (इन्हुरेड)ले सिसडोल र बन्चरेडाँडा उपत्यकाको फोहोर थुपार्ने स्थान सम्झौताअनुसार नयाँ ल्यान्डफिल साइटको ११ महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै प्रोटोकल पालना नभएको जनाएको छ ।

इन्हुरेडले एक विज्ञप्ति जारी गर्दै सिसडोल र बन्चरेडाँडा उपत्यकाको फोहोर थुपार्ने स्थान सम्झौताअनुसार नयाँ ल्यान्डफिल साइटको ११ महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै प्रोटोकल पालना नभएको जनाएको हो ।

लाइफलाइनको टोलीले साउन २ गते दुवै क्षेत्रको स्थलगत अवलोकन गर्दा उक्त क्षेत्रमा स्वास्थ्यलगायत अन्य सामाजिक, आर्थिक, सांस्कृतिक समस्याहरु अत्यन्तै भयावह हुन पुगेको इन्हुरेडले जनाएको छ ।

‘प्रोटोकल पालना गरी उचित व्यवस्थापन गरिने र स्थानीयको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइने उल्लेख छ । तथापी, ११ महिनाभन्दा बढी समय बितिसक्दा समेत उक्त ल्यान्डफिलमा कुनै प्रोटोकल पालना नभएकोले वातावरण तथा स्थानीयका सिंगो जनजीवनमा विनाशकारी असर परेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, ल्यान्डफिल साइटको अव्यवस्थापनका कारण संविधान प्रदत्त स्वास्थ्यको मौलिक अधिकार सम्बन्धी धारा ३५ तथा स्वच्छ वातावरणको हक सम्बन्धी धारा ३० तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सम्बन्धी धारा १६ को गम्भीर उल्लंघन भएको इन्टरनेशनलले बताएको छ ।

स्थानीयबासीको अधिकार र हितलाई प्राथमिकतामा राखेर उत्पन्न संकट समाधानका लागि विभिन्न तहका सरकारबीच संयोजन र समन्वय कायम गरी अविलम्ब उचित विकल्पको खोजी गर्न इन्टरनेशनलले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर