कांग्रेसले आफ्ना शर्तमा सम्झौता गर्नुहुँदैन, चाहे गठबन्धन गए जान्छ : गगन थापा (भिडिओ) – Nepal Press

कांग्रेसले आफ्ना शर्तमा सम्झौता गर्नुहुँदैन, चाहे गठबन्धन गए जान्छ : गगन थापा (भिडिओ)

‘यो गठबन्धनको नेता कांग्रेस हो, प्रधानमन्त्री आउने जाने चल्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यो गठवन्धनको नेता कांग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताएका छन् । उनले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौती रहेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै थापाले भने, ‘यो गठबन्धनको नेता कांग्रेस हो, देउवा प्रमुख मान्छे हो । प्रधानमन्त्री आउने जाने चल्छ । तर, हामीले बनाएको गठवन्धन भएकाले इमान्दारितापूर्वक अगाडि जान्छौं ।’

तर, गठबन्धन टिकाउने नाममा पार्टीका शर्तहरुमाथि सम्झौता नहुने उनको भनाइ छ ।

उनले थपे, ‘हाम्रा केही शर्त छन् त्यो रहनुपर्छ । कांग्रेसको आधारभूत मान्यतामा सम्झौता गरेर गठवन्धन टिकाउनुपर्छ भन्ने कुनै बेला नआओस । कांग्रेसले सम्झौता गरेन भने गठवन्धन भत्किन्छ भनेको बेला नेपाली कांग्रेस थरथर गरेर हामी सम्झौता गर्छौं भन्ने कदाचित हुँदैन । आधारभूत मान्यतामा सम्झौता हुँदैन, चाहे प्रदेश सरकार बनाउन होस वा सरकार टिकाउन । गठवन्धन दलभित्र रहेको अमूक दलको माग पूरा गर्नका लागि अनुचित सम्झौता कांग्रेसले गर्दैन, चाहे गठवन्धन तलमाथि भए हुन्छ ।’

त्यस्तै, उनले प्रधानमन्त्री अन्य दलको भएपनि गठबन्धन दलको नेता कांग्रेस सभापति देउवा भएको बताए ।

उनको भनाइ जस्ताको तस्तैः

कांग्रेसको नेतृत्वमा गठबन्धन छ । प्रधानमन्त्रीजी हुुनुहुन्छ तर, गठबन्धनको नेता कांग्रेस सभापति शेरबहादुर देउवा हो । हामीले बनाएको गठबन्धन हो । यसलाई इमान्दारितापूर्वक अगाडि लिएर जान्छौं । तर, यसमा हाम्रो केही शर्तहरु पनि छन् । त्यो रहनुपर्छ। नेपाली कांग्रेसको आधारभूत मान्यता छ ।

कहीँ कतै गठबन्धन टिकाउँनुपर्छ भन्ने कुनै बेला नआवस्, यस्तो अवस्था आयो कि हामीले हाम्रो आधारभूत मुल्यमा सम्झौता गरेनौं भने यो भत्किन्छ बिग्रिन्छ भनेको बेलामा कांग्रेस फेरि थरथर डराएर होइन होइन हामी सम्झौता गर्छौं भन्ने होइन कदाचित गर्नु हुँदैन । हाम्रो आधारभूत कुरासँग चाहे प्रदेश सरकार बनाउँन होस् या यो सरकार टिकाउँनको लागि होस् । गठबन्धन दलमा रहेको कुनै एउटा अमुक दलको अमुक माग पुरा गर्नको लागि गठबन्धन तलमाथि हुन्छ भने भए हुन्छ । कांग्रेसले मान्दैन भनेर स्ट्याण्ड लिन सक्नुपर्थ्यो। भोलिपनि त्यस्तो दिन नआओस् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर