कांग्रेस बैठकमा गगनको जवाफ- म मौन ब्रत बस्दैमा पार्टीको सबै समस्या हल हुँदैन – Nepal Press

कांग्रेस बैठकमा गगनको जवाफ- म मौन ब्रत बस्दैमा पार्टीको सबै समस्या हल हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । मलाई के लाग्छ सभापतिज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ । यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठीक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर