इनरुवामा मेडिकल अनुगमनमा आएको सरकारी टोलीलाई व्यवसायीले थुने – Nepal Press

इनरुवामा मेडिकल अनुगमनमा आएको सरकारी टोलीलाई व्यवसायीले थुने

विराटनगर । इनरुवामा रहेका मेडिकलहरूको अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको टोलीलाई मेडिकल व्यवसायीहरूले थुनेका छन् ।

अनुगमनका क्रममा कागजपत्र चेकजाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुनेका छन् । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नाेस्टिक मेडिकल हलको सटर झारेर थुनेको हो ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेलगायत छन् ।

उनीहरूले इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताको मेडिकलमा समेत चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई थुनेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडाले बताए ।

अहिले इनरुवास्थित अस्पताल चोकमा मेडिकल व्यवसायी र स्थानीयले नाराबाजी गरिरहेका छन् । प्रहरीले थुनामा रहेको अनुगमन टोलीलाई निकाल्ने प्रयास गरिरहेको छ ।


प्रतिक्रिया

2 thoughts on “इनरुवामा मेडिकल अनुगमनमा आएको सरकारी टोलीलाई व्यवसायीले थुने

  1. Yo kunai Naya ra thulo kuro haina hami Nepal basiko lagi hamro puteni parampara raiekoxa JO CHOR USAIEKO THULO SHWOOR….YESTA CHOR HARU LAI KAIELAI KARBHAIE HUDAINA KINA VANE HAMRO DESH MA LOOTTANTRA AAKOXA….

  2. Yo kunai Naya ra thulo kuro haina hami Nepal basiko lagi hamro pusteni parampara raiekoxa JO CHOR USAIEKO THULO SHWOOR….YESTA CHOR HARU LAI KAIELAI KARBHAIE HUDAINA KINA VANE HAMRO DESH MA LOOTTANTRA AAKOXA….

Leave a Reply

Your email address will not be published. Required fields are marked *