माल्टास्थित गैरआवासीय राष्ट्रिय समन्वय परिषदको सचिवमा भुवन झाले दिए उम्मेदवारी – Nepal Press

माल्टास्थित गैरआवासीय राष्ट्रिय समन्वय परिषदको सचिवमा भुवन झाले दिए उम्मेदवारी

काठमाडौं । माल्टास्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए २०२३-२०२५ कार्यकालका लागि भुवन झाले सचिव पदमा उम्मेदवार दिएका छन् ।

झापाको बिर्तामोड नगरपालिका–६, बुट्टाबारीका झा विगत ७ वर्षदेखि युरोपको माल्टा रहँदै आएका छन् ।

२२ वर्षीय झा विज्ञान विषयमा स्नातक तहको पढाइ पुरा गरी माल्टा पुगेका थिए ।

माल्टा बसाईको क्रममा झाले व्यक्तिगत रुपमा विभिन्न सामाजिक क्षेत्रमा आफ्नो साथ, समर्थन, सहयोग प्रदान गर्दै आइरहेका छन् ।

माल्टामा नेपाली कामदारहरुको संख्या बढ्दै गर्दा विभिन्न समस्याहरु थपिदै गइरहेको र त्यसका समस्याहरूको व्यक्तिगत र संस्थागत दुवै स्तरबाट विशेष पहल गरि सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधानका निमित्त सकारात्मक कदम चलाउने झाले प्रतिवद्धता जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर