साउने दोस्रो सोमबार डोलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडिओ) – Nepal Press

साउने दोस्रो सोमबार डोलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडिओ)

काठमाडौं । सौरमासअनुसार साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ ।

साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् । प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *