मदिरा सेवन गरेर सवारी चलाउँदा पक्राउ परेकी न्यूजिल्याण्डकी मन्त्रीद्वारा राजीनामा – Nepal Press

मदिरा सेवन गरेर सवारी चलाउँदा पक्राउ परेकी न्यूजिल्याण्डकी मन्त्रीद्वारा राजीनामा

काठमाडौं । मदिरा खाएर सवारी चलाउने न्यूजिल्याण्डकी न्याय मन्त्री किरी एलनले राजीनामा दिएकी छिन् ।

आइतबार राती न्यूजिल्याण्डको राजधानी वेलिङटनमा मदिरा खाएर सवारी हाँक्दा मन्त्री किरी एलन दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा कुनै मानवीय हताहती र क्षति भने भएन ।

बीबीसीका अनुसार दुर्घटनापछि उनी प्रहरी थुनामा चार घण्टा बसेकी थिइन । मन्त्रीबाट राजीनामा दिए पनि उनले संसदबाट भने राजीनामा दिएकी छैनन् । उनले सोमबार राजीनामा दिएपछि भनेकी थिइन्, ‘मेरो हिजोका कदमले म ठीक नभएको देखाउँछ ।’

कुनै बेला न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डा आर्डेनकी उत्तराधिकारी मानिएकी लेबर पार्टीकी प्रभावशाली नेतृ किरी एलन पछिल्लो समयमा अलोकप्रिय बन्दै गएकी छन् । गत महिना मात्रै उनले दाम्पत्य जीवनमा पारपाचुके गरेकी थिइन् । उनी आफ्ना सहकर्मीहरूसँग पनि राम्रो व्यवहार नगरेको भनेर पछिल्लो समयमा आलोचित छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर